Main News

सत्तारुढ गठबन्धनको प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियान आजदेखि

हिमालय टिभी
२०७९ कार्तिक ४ गते ९:०१
सत्तारुढ गठबन्धनको प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियान आजदेखि

४ कात्तिक २०७९ काठमाडौं । सत्तारुढ गठबन्धनले आजदेखि प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियान शुरु गर्दैछ ।

कांग्रेस, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेता आज प्रदेशव्यापी चुनावी प्रशिक्षणको क्रममा पोखरा र त्यसपछि बुटवल पुग्दैछन् । अभियानको लागि प्रधानमन्त्रीसमेत रहनु भएका कांग्रेस सभापति शेरबहादुर देउवा हिजो नै पोखरा पुगिसक्नुभएको छ ।

प्रशिक्षणलाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि आज पोखरा जाने तय भएको छ । गठबन्धनले आजै लुम्बिनी प्रदेशको बुटवलमा पनि प्रशिक्षण कार्यक्रम राखेको छ ।

गठबन्धनले भोलि विराटनगर र जनकपुरमा तथा पर्सि धनगढी र सुर्खेतमा प्रशिक्षण कार्यक्रम गर्ने तय गरेका छन् । यस्तै आउँदो सोमबार काठमाडौँमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम रहेको गठबन्धनले जनाएको छ । सत्ता गठबन्धनले यसअघि काठमाडौं २ र ललितपुरमा संयुक्त प्रशिक्षण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *