नेपालमा मनसुनी वायुको प्रभाव कमजोर हुँदै, यस्तो रहनेछ आजको मौसम

२९ असोज २०७९ काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव कमजोर हुँदै गएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले नेपालमा पछिल्लो समय मनसुनी वायुको प्रभाव कमजोर हुँदै गएको बताएको हो ।
महाशाखाका अनुसार हाल कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाले आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाकाको छ ।
यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । आज राति भने देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
प्रतिक्रिया