Main News

रुकुम पश्चिमको प्रतिनिधिसभामा जनार्दन शर्मा ‘प्रभाकर’ को उम्मेदवारी

२०७९ असोज २३ गते १४:१३
रुकुम पश्चिमको प्रतिनिधिसभामा जनार्दन शर्मा ‘प्रभाकर’ को उम्मेदवारी

२३ असोज २०७९ मुसीकोट । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ ।

आज अपरान्ह खलङ्गामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो ।

विसं २०६४ देखि रुकुमबाट चुनाव लड्दै आउनु भएका शर्माले यो पटक पनि रुकुम पश्चिमबाटै उम्मेदवारी दिनुभएको हो । त्यस्तै प्रदेशसभा क्षेत्र नं ‘क’ बाट महेन्द्र केसी र प्रदेशसभा क्षेत्र नं ‘ख’ बाट राजकुमार शर्माले उम्मेदवारी दिनुभएको छ । अन्य राजनीतिक दलहरुले पनि उम्मेवारी दिँदै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *