Main News

क्रिकेटर सन्दीप लामिछानेले आज प्रहरी समक्ष आत्मसमर्पण गर्ने, यस्तो छ प्रहरीको तयारी

हिमालय टिभी
२०७९ असोज २० गते ९:१०
क्रिकेटर सन्दीप लामिछानेले आज प्रहरी समक्ष आत्मसमर्पण गर्ने, यस्तो छ प्रहरीको तयारी

२० असोज २०७९ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने भएपछि नेपाल प्रहरीले पक्राउको तयारी गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईका अनुसार अनुसन्धानमा खटिएको प्रहरी टोलीले लामिछानेलाई नियन्त्रणमा लिनेछ । सन्दीपले आफूले आत्मसर्मण गर्न लागेकाले विमानस्थलबाट नियन्त्रणमा लिँदा हतकडी नलगाउन प्रहरीलाई पठाएको चिठीमा उल्लेख गरिएको स्रोतको भनाइ छ ।

प्रहरी प्रवक्ता राईले हतकडी कुनै अभियोगमा समातिएका व्यक्ति वा सजाय पाएका कैदीलाई भाग्न नपावस् भन्नका लागि लगाइने भएकाले उनले आत्मसमर्पण गर्छु भनेकाले नलगाउन पनि सकिने बताउनुभयो ।

यद्यपि हतकडी लगाउने वा नलगाउने भन्ने बारेमा अनुसन्धान गरिरहेको अधिकृतले निर्णय गर्ने उहाँले जानकारी दिनुभयो ।

सन्दीपमाथि एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । क्रिकेट खेल्न केन्या पुगेका लामिछानेविरुद्ध प्रहरीमा भदौ २१ गते जबरजस्ती करणीको जाहेरी परेको थियो ।

प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि सन्दीपलाई नेपाल क्रिकेट सङ्घले नेपाली क्रिकेटको कप्तानबाट निलम्बन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *