Main News

राष्ट्रपति भण्डारीले सार्वसाधारण नागरिकलाई टीका लगाइदिने

हिमालय टिभी
२०७९ असोज १४ गते १०:०४
राष्ट्रपति भण्डारीले सार्वसाधारण नागरिकलाई टीका लगाइदिने

१४ असोज २०७९ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यसपटक पनि सार्वसाधारणलाई दसैँंको टीका लगाइदिनुहुने भएको छ ।

राष्ट्रपतिबाट विशिष्ट व्यक्तिलाई टीका लगाउनका लागि असोज १९ गते विजया दशमीको दिन १ घण्टाको समय छुट्याइएको छ । सर्वसाधारणका लागि २ घण्टाको समय निर्धारण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सङ्घीय सरकारका मन्त्री, प्रदेश प्रमुख, न्यायाधीशहरू, सङ्घीय सांसद र संवैधानिक निकायका पदाधिकारीहरूलाई १९ गते दिउँसो २ देखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।

राष्ट्रपतिबाट टीका लगाउन इच्छुक सर्वसाधारणका लागि दिउँसो ३ बजेदेखि अपराह्न ५ बजेसम्मको समय निर्धारण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *