जबरालाई सर्वोच्च जान बार एशोसिएशनको अवरोध
२ असोज २०७९ काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई नियमित काममा फर्कन नदिन नेपाल बार एशोसिएशनले अवरोध गरेको छ ।
बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरले जबरालाई काममा फर्कन नदिने अडान राख्नुभयो । सर्वोच्च परिसरमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ। ठूलो संंख्यामा प्रहरी परिचालन गरिएको छ। गत फागुन १ गते सत्ता गठबन्धनका ९८ जना सांसदले जबराविरुद्ध महाभियोग दर्ता गरेका थिए।
त्यससँगै उहाँ निलम्बनमा पर्नुभएको थियो। प्रतिनिधिसभाको कार्यकाल सकिएकाले संसद्मा पुगेका सबै प्रस्ताव निष्क्रिय हुने व्यवस्था बमोजिम महाभियोग पनि निष्क्रिय हुने जबरा पक्षधरको दाबी छ।
महाभियोग सिफारिस समितिले जबरालाई महाभियोग लगाउनुपर्ने सिफारिससहितको प्रतिवेदन सभामुख अग्नि सापकोटालाई हिजो नै बुझाएको थियो। एमालेले फरक मत राखेपछि प्रतिवेदन बहुमतबाट पारित भएको थियो।
प्रतिक्रिया