Main News
निलम्बित प्रधानन्यायाधीश जबरासँग आज महाभियोग सिफारिस समितिले बयान लिँदै
२०७९ भदौ १५ गते ७:३६

१५ भदौ २०७९ काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई आज महाअभियोग सिफारिस समितिले बयान लिँदैछ ।
भदौ ७ गते बसेको समिति बैठकले जबरालाई आज बयानमा बोलाउने निर्णय गरेको थियो । बैठक बिहान ११ बजे बस्नेछ ।
जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनको पद निलम्बनमा परेको थियो ।
महाभियोग सिफारिस समितिले जबराविरुद्ध प्रमाण, कागजात तथा जानकारी भए उपलब्ध गराउन आग्रह गरेपछि सर्वोच्च अदालत बार एशोसिएशनले जबराविरुद्धको महाअभियोग प्रस्तावबारे संसदीय सिफारिस समितिलाई प्रमाण उपलब्ध गराएको छ ।
प्रमाणका रूपमा जबराले विभिन्न मितिमा गरेका फैसला, विभिन्न मितिमा पत्रपत्रिकामा आएका लेख तथा समाचार पेस गरिएको छ ।
प्रतिक्रिया