Main News

आज मोती जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

हिमालय टिभी
२०७९ भदौ ११ गते ९:३५
आज मोती जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

११ भदौ २०७९ काठमाडौं । आज मोती जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको जन्म भएको दिनलाई मोती जयन्तीको रुपमा मनाउने गरिन्छ ।

नेपाली गजल साहित्यका विशिष्ट व्यक्ति भट्टको वि.सं. १९२३ सालको भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीका दिन जन्म भएको थियो । श्रृङ्गार रसलाई केन्द्रविन्दुमा राखेर गजल साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएका भट्टले कथा, नाटक र निबन्ध लगायतको रचना गर्नुभएको छ ।

३० वर्षकै अल्पायुमा वि.सं. १९५३ सालमा भाद्र कृष्ण औँसीकै दिन उहाँको निधन भएको थियो । भट्टलाई माध्यमिककालीन नेपाली श्रृङ्गारिक साहित्यका प्रणेता पनि मानिन्छ ।

थोरै बाँचेर पनि नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान दिनुभएका भट्टले वि.सं. १९४८ मा आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र प्रकाशनमा ल्याउनुभएको थियो ।

भट्टको शकुन्तला नाटक र काव्य, सम्पूर्ण रामायण, रामायण बालकाण्डल लगायत पुस्तकहरू प्रकाशनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *