खेलकूद
हात मिलाउँदा झगडा गरेपछि प्रशिक्षकले पाए रातो कार्ड
२०७९ साउन ३० गते ७:४३

३० साउन २०७९ काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी टोटनह्यामसँग बराबरीमा रोकिएको छ ।
गएराति भएको खेलमा चेल्सीले टोटेनहमसँग २–२ गोलको बराबरी खेलेको हो । चेल्सीका लागि कालिडोउ कुलीबाली र जेम्स रिसले एकएक गोल गरे ।
टोटनह्यामका पिएर इमिल होजवर्ग र ह्यारी केनले एक एक गोल गरे । खेल सकिएपछि दुबै टोलीका प्रशिक्षकले हात मिलाउने क्रममा झगडा गरेपछि रातो कार्ड पाए ।
बराबरीसँगै २ खेलमा ४ अंक जोडेको चेल्सी लिगको सातौं स्थानमा छ ।टोटनह्याम ४ अंक जोडेर चौंथो स्थानमा छ ।
प्रतिक्रिया