Main News

संसद बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

हिमालय टिभी
२०७९ साउन २९ गते ७:२५
संसद बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

२९ साउन २०७९ काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न आठबुँदे सम्भावित कार्यसूची तय भएको छ ।

सम्भावित कार्यसूची अनुसार अर्थमन्त्री जनार्दन शर्माले ‘अर्थ समितिको प्रतिवेदनसहितको बीमा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यस्तै ‘बीमा विधेयक, २०७९ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत हुँदैछ । अर्थमन्त्री शर्माले नै ‘अर्थ समितिको प्रतिवेदनसहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

सम्भावित कार्यसूचीमा राष्ट्रियसभाको सन्देशसहितको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ को दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *