Main News

कोभिडको ग्राफ उकालो लाग्दै, आयो सजग हुने दिन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन १६ गते २०:५३
कोभिडको ग्राफ उकालो लाग्दै, आयो सजग हुने दिन (भिडियो रिपोर्टसहित)

१६ साउन २०७९ काठमाडौं । कोरोना संक्रमणको पछिल्लो तथ्याङ्कले सावधानी अपनाउनुपर्ने संकेत गरेको छ । संक्रमण दर मात्र होइन, मृत्युदरसमेत बढेकाले स्वास्थ्य मापदण्ड पालनामा सबै सचेत हुनुपर्ने देखिएको हो ।

कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा संक्रमितको संख्या बढेको देखिएको हो । साउन १० गते पाँच हजार ५५ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ६ सय ३८ नयाँ संक्रमित थपिए भने साउन ११ गते ४ हजार ४ सय ५४ जनाको परीक्षण गर्दा ५ सय ६४ संक्रमित थपिए ।

त्यस्तै साउन १२ गते ५ हजार २५ जनाको परीक्षण गर्दा ७ सय १०, साउन १३ गते ४ हजार २ सय ८२ को परीक्षण गर्दा ५ सय ७७, साउन १४ गते ३ हजार ६ सय ९९ को परीक्षण गर्दा ४ हजार ३८ नयाँ संक्रमित थपिए । साउन १५ मा ५ हजार ८ सय ४६ को परीक्षण गर्दा ६ सय २० जना थपिएका छन् ।

साउन १६ गतेसम्म आइपुग्दा ५ हजार ९ सय ९ जनाको परीक्षण गर्दा ८ सय ९५ नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा कोरोनाका कारण मृत्यु पनि दिनदिनै भैरहेको छ । साउन १० गते दुई जनाको मृत्यु भएकोमा साउन १६ गतेसम्म आइपुग्दा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ ।

साउन ११ मा १ जना, साउन १२ मा २ जना, साउन १३ मा २ जना, साउन १४ मा २ जना साउन १५ मा १ जनाको मृत्यु भएको छ । पछिल्लो एक हप्ताको अवधिमै ११ जनाको मृत्यु भइसकेकाले पनि कोरोना भुसको आगोझैं फैलिरहेको संकट गर्दछ ।

सक्रिय संक्रमितको संख्यासमेत ४ हजार ९ सय ३४ पुगेको छ । सक्रिय संक्रमितको संख्या पाँच हजार पुग्नुलाई खतराको संकेत मान्ने गरिएको छ । त्यसैले स्वास्थ्य सावधानी अपनाउनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *