Main News

आजदेखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्ध खोपको दोस्रो मात्रा लगाइँदै

हिमालय टिभी
२०७९ साउन २ गते ७:५५
आजदेखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्ध खोपको दोस्रो मात्रा लगाइँदै

२ साउन २०७९ काठमाडौं । पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि ८ गतेसम्म कोरोनाविरुद्ध खोपको दोस्रो मात्रा खोप दिइँदैछ ।

पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा खोप दिन लागिएको हो । यही साउन ८ गतेसम्म यसअघि केन्द्र रहेको विद्यालयबाटै खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा लगाएको कार्ड बोकेर जान मन्त्रालयले आग्रह गरेको छ । खोप निःशुल्क पाइनेछ ।

झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिरहा, महोत्तरी काठमाडौं, ललितपुर, भक्तपुर, काभे, चितवन, सिन्धुली, मकवानपुर, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुराका बालबालिकालाई खोप दिइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *