ओली सरकार हटाउन विदेशीको हात रहेको अध्यक्ष यादवको खुलासा (भिडियो रिपोर्टसहित)
३२ असार २०७९ काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशीको साथ रहेको बताउनु भएको छ ।
काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष यादवले भूराजनीतिक प्रभावकै कारण ओली प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री बन्नु भएको खुलासा गर्नुभयो ।
अध्यक्ष यादवले सरकारले रुस–युक्रेन युद्धमा युक्रेनलाई साथ लिएर गल्ती गरेको भन्दै असन्तुष्टिसमेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पछिल्लो समय मुलुकको परराष्ट्र सम्बन्ध कमजोर भएको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ ।
अध्यक्ष लिङदेनले पछिल्लो दिनमा सहायता र, विकासको नाममा सांस्कृतिक क्षेत्रमा भइरहेको अतिक्रमणले मुलुकको परराष्ट्र नीति चिन्ताजनक अवस्थामा पुगेको बताउनुभयो ।
अध्यक्ष लिङदेनले सबै दलको सहमतिमा साझा परराष्ट्र नीति बनाउन सके मुलुकले बाह्य मुलुकको हस्तक्षेप झेल्नु नपर्ने पनि पटकपटक दोहोर्याउनुभयो ।
प्रतिक्रिया