Main News
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
२०७९ असार ३० गते ८:०२

३० असार २०७९ काठमाडौं । नेपाली कांग्रेसको सोमबार शुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
जारी कांग्रेस बैठकमा गठबन्धन गर्ने वा नगर्ने, संघीयता, धर्म निरपेक्षता, भ्रातृ संस्थाहरूको मनोनयन तथा नयाँ शुभेच्छुक संस्था थप्नु पर्ने सम्मका आवाज उठेका छन् ।
बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सस्तो लोकप्रियताका लागि पार्टीको आलोचना गर्दै हिँडेको भन्दै चर्को आलोचना पनि भएको छ ।
प्रतिक्रिया