Main News

रासायनिक मलको विकल्प खोज्नुपर्छ : कृषिमन्त्री यादव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार १५ गते १६:०४
रासायनिक मलको विकल्प खोज्नुपर्छ : कृषिमन्त्री यादव (भिडियो रिपोर्टसहित)

१५ असार २०७९ काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले रासायनिक मलको विकल्प खोज्नु पर्ने बताउनुभएको छ ।

१९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रको फार्ममा आज बिहान आयोजित कार्यक्रममा बोल्दै रासायनिक मलको विकल्पमा प्राङ्गारिक मल प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।

यो वर्षदेखि केन्द्र सरकारले मात्रै नभएर प्रदेश सरकारहरुले पनि प्राङ्गारिक मललाई बढावा दिने दाबी पनि गर्नुभयो ।

नेपालको कृषिलाई उत्पादनमुखी बनाउन यान्त्रीकरण, बजारीकरण, भण्डारण, समर्थन मूल्यमा नै किसानको उत्पादन बिक्रीको प्रबन्ध मिलाउनु आवश्यक रहेको बताउनुभयो ।

यी क्षेत्रमा काम गर्न सके नेपालको कृषि व्यवसायिक बन्ने उहाँको भनाइ छ । देशको मेरुदण्डकै रुपमा रहेको कृषिमा अत्मनिर्भर बन्नतर्फ लाग्न उहाँले अनुरोध गर्नुभएको छ ।

पहाडी क्षेत्रमा रहेका खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ्दै गएको भन्दै उहाँले त्यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो । यसका साथै कृषिमा बहुबालीको प्रयोगमा पनि बढवा दिनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *