Main News

आजबाट ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

हिमालय टिभी
२०७९ असार ९ गते ९:२५
आजबाट ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

९ असार २०७९ काठमाडौं । सरकारले आजबाट ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउँदैछ ।

देशभरका झन्डै ३९ लाख बालबालिकालाई दुई चरणमा कोरोनाविरुद्धको फाइजर खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीका अनुसार अमेरिकी सरकारले उपलब्ध गराउने फाइजरको झन्डै २२ लाख मात्रा खोप, कोभ्याक्स सुविधामार्फत् गाभीको समन्वयमा नेपाल आइपुगेको छ ।

उहाँले खोप अभियान विद्यालय तहमै सञ्चालन हुने भएकाले सबै अभिभावकलाई मातहतका विद्यालयमा आफ्ना ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई खोप लगाउन आग्रह गर्नुभयो ।

सरकारले पहिलो चरण अन्तर्गत २७ जिल्लामा खोप अभियान सञ्चालन गर्न लागेको हो । पहिलो चरणको खोप अभियान अन्तर्गत असार १५ गतेसम्म पहिलो मात्रा खोप लगाइने छ भने साउन २ गतेदेखि ८ गतेसम्म दोस्रो मात्रा खोप लगाइने छ ।

यस्तै बाँकी रहेका ५० जिल्लामा भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप लगाइने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *