खेलकूद
फ्रान्स यूईएफए नेसन्स लीगमा बराबरीमा रोकियो
२०७९ जेठ २४ गते ७:४८
२४ जेठ २०७९ काठमाडौं । यूईएफए नेसन्स लीग फूटबलमा साविक विजेता फ्रान्स बराबरीमा रोकिएको छ ।
समूह जी अन्तर्गत फ्रान्सले क्रोशएसियासँग १–१ गोलको बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक खेलको ५२ औं मिनेटमा फ्रान्सका एड्रिएन राबिओटले शुरूवाती गोल गरेका थिए ।
त्यसपछि ८३औं मिनेटमा क्रोएशियाका एन्डरेज रामारिकले गोल गर्दै खेल बराबरी गरेका थिए । बराबरीपछि तेस्रो स्थानको फ्रान्सले दुई खेलबाट १ अंक जोडेको छ ।
पहिलो खेलमा फ्रान्स डेनमार्कसँग २–१ ले पराजित भएको थियो । यही समूहको अर्को खेलमा डेनमार्कले लगातार दोस्रो जित निकाल्ने क्रममा अष्ट्रियालाई २१ ले हरायो ।
६ अंकका साथ डेनमार्क शीर्ष स्थानमा रहँदा ३ अंक जोडेको अष्ट्रिया दोस्रो स्थानमा छ ।
प्रतिक्रिया