Main News
सुर्खेतमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार (भिडियो रिपोर्टसहित)
२०७९ वैशाख २३ गते १३:५३

२३ वैशाख २०७९ सुर्खेत । सुर्खेतको बादेपिपलमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।
गएराति सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर ६ का कांग्रेसका वडाध्यक्षका उम्मेदवार उपेन्द्र सिंहलाई एमालेका कार्यकर्ताले आक्रमण गरेका हुन ।
झडपमा वडा अध्यक्षका प्रत्यासी उपेन्द्र सिंह र समर्थक सुरज सिंह ठकुरी घाइते भएको प्रहरीले जनाएको छ ।
आफ्ना कार्यकर्तालाई कांग्रेस समर्थकले आक्रमण गरेको निहुँमा करिब ५० जना एमालेका कार्यकर्ताको समूहले राकम बजारमा रहेको मोहन मल्लको होटलमा बसिरहेका कांग्रेस उम्मेदवारलाई आक्रमण गरेका थिए ।
प्रहरीले अवस्था नियन्त्रणमा लिन २ सेल अश्रु ग्याँस फायर गरेको थियो ।
प्रतिक्रिया