Main News

संवैधानिक परिषदसम्बन्धी अध्यादेश र नियुक्तिविरुद्धको मुद्दामा आज सुनुवाइ

हिमालय टिभी
२०७८ चैत ९ गते ९:१५
संवैधानिक परिषदसम्बन्धी अध्यादेश र नियुक्तिविरुद्धको मुद्दामा आज सुनुवाइ

९ चैत २०७८ काठमाडौं । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यस आधारमा भएका नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सुनुवाइ हुने भएको छ ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार आज इजलासमा सुनुवाइ सक्ने तयारी छ । इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड़का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहनुभएको छ ।

गत शुक्रबार संवैधानिक इजलासबाट आजका लागि पेशी तोक्ने आदेश भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *