भत्ताका लागि मरिहत्ते, बैठक सकिएपछि पनि हाजिर गर्न संसद भवन छिर्छन् सांसदहरू (भिडियो रिपोर्टसहित)
११ असोज २०७८ काठमाडौं । आज प्रतिनिधि सभा बैठक दिनको २ बजेका लागि बोलाइएको थियो । एमालेको विरोधकाबीच राष्ट्रपतिको कार्यलयबाट विनियोजन विधेयक प्रमाणीकरण भएको सन्देश जानकारी गराउँदै करिब ६ मिनेट बसेर बैठक सकियो ।
बैठक सकिए पनि सांसदहरु हतारहतार संसद भवन छिर्ने र हाजिर गर्ने गरेको दृष्यले धेरैको ध्यान खिच्यो। रोष्टम घेराउ गरेर संसदमा अवरोध गर्दै आएको एमालेका सांसदले समेत बैठक सकिएपछि भित्र छिरेर हाजिर गरेका छन् ।
उहाँ हुनुहन्छ नेकपा एमालेका सांसद पूर्व उद्योगमन्त्री राज्यमन्त्री एवं उद्योगपति मोतिलाल दुगड । उहाँ संसदको बैठक सकिएपछि संसद भवनमा हाजिर गर्न जाँदै हुनुहुन्छ ।
बैठक सकिएर नेताहरु सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गर्दा सांसद चित्रलेखा यादव पनि भवनभित्र गएर हाजिर गर्नुभयो । उहाँलाई आज सञ्चो थिएन, बाटो पनि जाम भएकाले ढिला भएको हो ।
उहाँ पनि बैठक सकिएपछि आइपुग्नु भएको हो । सवारी चालकलाई पर्खिन भनेर आफूले हाजिर गरेर आउनु भएको छ।
बैठक सकिएपछि पुग्ने तर भत्ताका लागि हाजिर गर्ने सांसदको संख्या ठूलै देखिन्छ । बैठकका सहभागी हुँदा सांसदहरुलाई प्रत्येक बैठकको २ हजारका दरले भत्ता पाक्छ । त्यसैले पनि सांसदहरु बैठकस्थल आइपुग्छन्, बैठक छुटे पनि हाजिरी छुटाउन चाहन्नन् ।
संसदमा जनताको समस्याका विषयमा बोल्ने होइन हाजिर गरेर भत्ता सुरक्षित गर्न सांसदहरु लालयित देखिन्छन् । कतिपय सांसदलाई त बैठकमा के भयो, चल्यो कि रोकियो, कसरी चल्यो, किन रोकियोसमेत थाहा नभएको पाइन्छ । के जनताले सांसदहरुलाई यसैका लागि भोट दिएका हुन् ?
प्रतिक्रिया