यो पनि पढनुहोस्

चुनाव कसरी जित्ने ? प्रचण्डले के भन्नुभयाे कार्यकर्तालाई ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १० गते २०:४४
चुनाव कसरी जित्ने ? प्रचण्डले के भन्नुभयाे कार्यकर्तालाई ? (भिडियो रिपोर्टसहित)

१० असोज २०७८ काठमाडौं । पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको हरेक भाषणलाई अर्थपूर्ण रुपमा हेर्न थालिएको छ । हालैको अभिव्यक्तिमार्फत उहाँ आफैंले धेरै ‘पोलहरू’ खोल्नुभएको छ ।

प्रचण्ड विगतमा आफूले गरेका गर्न हुने या नहुने गतिविधिका समीक्षा विभिन्न मञ्च र सार्वजनिक सञ्चारमाध्याममार्फत् छताछुल्ल पार्नुहुन्छ । उहाँका केही दिनयताका भाषणलाई आधार मान्ने हो भने पनि प्रचण्डले ‘फेससेभिङ’ खेजिरहनुभएको छ । र, विगतका तीता–मीठा कुरा ओकलिरहनु भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाईसीएलको कार्यकर्ता भेला काभ्रेमा गर्नुभएको भाषणले नेताहरु र राजनीतिक दलले निर्वाचनमा केसम्म गर्दारहेछन् भन्ने पुष्टि भएको छ ।

पूर्व प्रधानमनत्रीसमेत रहनु भएका प्रचण्डले २०६४ को चुनावमा माओवादीले गर्न हुने नहुने गरेको स्वीकार गर्नुभएको हो । कार्यकर्तालाई आगामी चुनावमा पनि अन्य दलले धाँधली गर्न खोज्ने भन्दै आफुहरुले ६४ कै शैलीमा शान्तिपूर्णरुपमा चुनाव जित्नुपर्ने बताउनुभएको हो ।

प्रचण्डको अभिव्यक्तिले माओवादीले २०६४ साल चैत २८ गते सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा धाँधली गरेको आरोप पुष्टि पनि गरेको छ। उता प्रचण्डको अभिव्यक्तिको बचाउ गर्दै माओवादी केन्द्रका नेताहरू भने अध्यक्षको भनाइको अपब्याख्या गरिएको दाबी गर्छन् । प्रचण्डले त्यस दिन कार्यकर्तालाई क्रान्तिकारी ढंगबाट प्रस्तुत हुनका लागि झक्झकाएर माहोल तताउन मात्रै खोजेको नेता गिरिराजमणि पोखरेलको बुझाइ छ ।

हाल का‌ग्रेससँगको गठबन्धनमा रहेको माओवादी केन्द्र एकीकृत समाजवादी र जनता समाजवादीसहितको गठबन्धनसहित चुनावमा जाने दाउमा छ। चुनावमा एमालेलाई एक्ल्याउने र गठबन्धनको सरकार बनाउने रणनीतिमा रहेका प्रचण्डले कार्यकर्तालाई दिएको निर्देशन दुई चोटी प्रधानमन्त्री भइसकेको नेताका लागि सुहाउने खालको भने छैन ।

हुनत २०६४ अघिको चुनावमा पनि प्रचण्डले नक्कली लडाकु देखाएर सेनामा समायोजन गरेको, उनीहरुका नाममा ठूलो रकम तलवका नाममा लिएको हाक्काहाक्की बताए पनि उहाँमाथि कुनै छानबिन भएन । आफ्नै चुनाव सिरहामा बत्ती निभाएर जितेको एमालेले लगाउने आरोप र छोरीलाई मतपत्र टोक्न लगाएर जिताएको विपक्षी प्रहारले पनि प्रचण्डले चेतेको देखिँदैन ।

लागेको कुरा ठाउँकुठाउँ भनिदिने प्रचण्डको शैलीले उहाँका कार्यकर्ताले ताली त ठोकेका छन् तर राजनीतिलाई भने अपराधिकरणको बाटोमा लगेको विश्लेषकहरुको मत छ । त्यसो त एमाले नेता देवी ज्ञवाली पनि माओवादीलाई धाँधली गरेर, बत्ती निभाएर, बाकस साँटेर जित्ने बानी परेको टिप्पणी गर्नुहुन्छ ।

ज्ञवाली भरतपुरको मेयरमा प्रचण्डपुत्री रेणुसँग दोस्रो चरणको मतदानपछि पराजित हुुनुभएको थियो ।

पछिल्ला दिनमा नेताहरूबीच आरोप–प्रत्यारोप चुलिँदा भन्नु–नभन्नु राजनीतिक तथा अराजनीतिक टिप्पणी हुने गरेका छन् । यतिसम्म की नेताहरू उत्तेजित हुँदा गहिरो अर्थ राख्ने संवेदनशील कुरा फुत्केको पनि पत्तै पाउँदैनन् । के नेताले बोलेका कुरामा कुनै छानबिन हुँदैनरु चुनावमा धाँधली गर्ने बत्ती निभाउने भन्दै गर्दा आफूले गरेका गल्तीको महशुस गर्दा कारबाही हुनुपर्ने होइनरु लोकतन्त्रमा यस्तै हुने हो निर्वाचन पद्धति ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *