परीक्षण

कोरोना परीक्षण गर्न नमानेका दुई जनाको मृत्यु

२१ जेठ २०७८ काठमाडौं । कोरोनाको परीक्षण गर्न अस्वीकार गरेका दुई पुरुषको मृत्यु भएको छ । एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली गाउँमै गएको समयमा परीक्षणका लागि गरिएको आग्रह अस्वीकार गरेका फिदिम नगरपालिका–८ का दुई पुरुषको बिहीबार मृत्यु भएको हो...

आजदेखि पुनः एन्टिजेन परीक्षण शुरु

२० जेठ २०७८ काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजदेखि पुनः एन्टिजेन परीक्षणलाई निरन्तरता दिने भएको छ । कोभिड–१९ को महामारी अझै नियन्त्रण नभएकाले यसको प्रभाव कम नभएसम्म निरन्तर एन्टिजेन परीक्षण गर्ने तयारीअनुरुप आजदेखि परीक्षण कार्यलाई सञ्चालन गरिएको हो । यसका...

पीसीआर परीक्षणका नाममा रकम असुल गर्ने जिपीका चार कर्मचारी निलम्बित

१८ जेठ २०७८ दमौली । पिसिआर परीक्षण गर्ने भन्दै सर्वसाधारणसँग रकम उठाएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले चार कर्मचारीलाई निलम्बन गरेको छ । सरकारी प्रयोगशालाबाट रिपोर्ट आउन ढिलाइ हुने भनी निजीबाट रिपोर्ट उपलब्ध गराइदिने भन्दै...

तनहुँमा पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन हुने (भिडियो रिपोर्टसहित)

११ जेठ २०७८ दमौली । तनहुँमा कोरोना भाइरसको पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन हुने भएको छ । व्यास नगरपालिकाले जिल्लाका १० वटै स्थानीय तहका लागि समेत हुने गरी प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको हो । सबै स्थानीय संक्रमित परीक्षणको दायरामा...

पाँचथरमा कोरोना : न्यून परीक्षणमा पनि अधिक संक्रमित (भिडियो रिपोर्टसहित)

१० जेठ २०७८ पाँचथर । पछिल्लो पटक ग्रामीण क्षेत्रमा कोरोना संक्रमण बढिरहेको छ । पूर्वी पहाडी जिल्ला पाँचथरमा पनि संक्रमण तिव्रताका साथ फैलिएको छ । न्यून परीक्षणमा पनि अधिक संक्रमित भेटिन थालेका छन् । पाँचथरका गाउँगाउँमा ज्वरोका बिरामी छन्...

सामान्य स्वास्थ्य समस्या हुँदैमा परीक्षण गर्न चिकित्सकको सुझाव

९ जेठ २०७८ काठमाडौं । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्ररूपमा फैलिएकाले रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या हुँदा जाँच गराउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको साथमा’ नामक परोपकारी अभियानले शनिबार बेलुका जुम...

कोरोना सङ्क्रमण बढेपछि टोलटोलमा परीक्षण

५ जेठ २०७८ काठमाडौं । हरेक दिन कोभिड–१९ सङ्क्रमितको सङ्ख्या डरलाग्दो गरी बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले बढी भिडभाड हुने स्थानमा परीक्षणलाई तीव्र बनाएको छ । कोभिडको सङ्क्रमण अवस्था पहिचान गरेर महामारी नियन्त्रण गर्न कामपा र इपिडिमियोलोजी तथा रोग नियन्त्रण...

गाउँभरि ज्वरोका बिरामी, परीक्षण गरेका अधिकांशमा कोभिड–१९ सङ्क्रमण

४ जेठ २०७८ पाँचथर । गाउँबाट बाहिर नगएका पाँचथरको हिलिहाङ गाउँपालिका–५ का एक कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले उक्त स्थानमा सङ्क्रमणको शुरुआत खोज्न थाल्यो । यस क्रममा ती कर्मचारी वैशाख २४ गते सोही वडाको मालबाँसे टोलमा...

आजदेखि टेलिकमको भिओएलटिई सेवा परीक्षण

३ जेठ २०७८ काठमाडौं । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर नेपाल टेलिकमले भ्वाइस ओभर (भिओ) एलटिई सेवाको परीक्षण शुरु गरेको छ । टेलिकमका सेवालाई आधुनिकीकरण गर्ने भन्दै आजदेखि वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटिई सेवाको परीक्षण...

कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि

३ जेठ २०७८ काठमाडौं । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । गत शनिबारसम्म स्वाव सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या...