Main News

जमुनाहा नाकामा कोरोना परीक्षण प्रभावित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ४ गते १३:२१
जमुनाहा नाकामा कोरोना परीक्षण प्रभावित (भिडियो रिपोर्टसहित)

४ माघ २०७८ बाँके । बाँकेको जमुनाहा नाकामा खटिएका २० जना स्वास्थ्यकर्मीमध्ये १० जनालाई कोरोना संक्रमण भएपछि सीमा नाकामा हुँदै आएको कोरोना परीक्षण कार्य प्रभावित भएको छ ।

ल्याब टेक्निसियनसहित १० जना स्वास्थ्यकर्मी संक्रमित भएका कारण जमुनाहा नाकामा गरिँदै आएको परीक्षणको संख्या आधा घटेको छ ।

२० जना जनशक्ति हुँदा दैनिक ७ सय ६६ जनासम्मको परीक्षण हुने गरेकोमा जनशक्ति कम भएका कारण पछिल्ला दिनहरुमा २ सय देखि ३ सय जनासम्मको मात्रै परीक्षण हुने गरेको छ ।

संक्रमितको संख्या बढेसँगै अस्पतालहरुमा पनि बिरामीको चाप बढ्न थालेको छ । भेरी अस्पतालको आइसोलेशन वार्डमा १८ जना उपचाररत छन् । संक्रमितहरुको संख्या बढेसंगै नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जमा ५० बेडको आइसोलेशन सेन्टर पुन संचालन गरेको छ ।

नगरपालिकाको आइसोलेशन सेन्टरमा अक्सिजन र स्वास्थ्यकर्मीसहित संक्रमितहरुलाई बस्ने खाने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *