Main News

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान हुँदै

हिमालय टिभी
२०७९ वैशाख १५ गते ९:०४
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान हुँदै

१५ वैशाख २०७९ काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज नेपाल एअरलाइन्सले परीक्षण उडान गर्ने भएको छ ।

नेपाल एअरलाइन्सको एअरबस ए–३३० वाइडबडी जहाज आज दिउँसो ३ बजे काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका लागि उड्ने त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

जहाजमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले, सचिव, कर्मचारी, पत्रकारलगायत २६० जना यात्रु रहनेछन् । जहाज भैरहवा पुगेको दुई घण्टापछि काठमाडौं फर्किनेछ ।

दुई घण्टाको बीचमा विमानस्थलको प्रस्थान हलमा औपचारिक कार्यक्रम हुनेछ । गौतमबुद्ध विमानस्थलमा वैशाख १ गते नै नेपाल एअरलाइन्सको जहाजले परीक्षण उडान गर्ने तालिका रहे पनि विविध कारणले ढिलाइ भएको हो ।

विमानस्थलबाट जेठ १५ गतेदेखि नियमित व्यावसायिक उडान गर्ने तालिका छ । अहिलेसम्म कुवेतको जजिरा एअरले मात्रै व्यावसायिक उडानको तालिका प्राप्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *