विदेश

उत्तर कोरियाद्वारा अर्को हाइपरसोनिक मिसाइल परीक्षण

हिमालय टिभी
२०७८ पुष २८ गते ७:५२
उत्तर कोरियाद्वारा अर्को हाइपरसोनिक मिसाइल परीक्षण

२८ पुस २०७८ प्योङयाङ । उत्तर कोरियाले अर्को हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको बताएको छ ।

नेता किम जोङ(उनको प्रत्यक्ष उपस्थितिमा मिसाइल परीक्षण भएको उत्तर कोरियाले जनाएको हो । उत्तर कोरियाली समाचार संस्था केसिएनएले हिजो प्रक्षेपण गरिएको मिसाइलले एक हजार टाढाको लक्ष्यमै प्रहार भएको बताएको छ ।

उत्तर कोरियाको तेस्रो पटक हाइपरसोनिक मिसाइलको परीक्षण हो । दक्षिण कोरिया र जापानले समुन्द्रमा ब्यालेस्टिक मिसाइलको परीक्षण भएको बताएपनि सो मिसाइल हाइपरसोनिक रहेको उत्तर कोरियाले उल्लेख गरेको हो ।

अघिल्लो हप्ता मात्रै दुईवटा परीक्षण भएका थिए । त्यसपछि अमेरिका, दक्षिण कोरिया, जापानसहितका देशले वक्तव्य जारी गरेर अस्थिरता उत्पन्न हुने खालका गतिविधि नगर्न भनेका थिए ।

नयाँ वर्षको अवसरमा नेता किमले प्योङयाङको प्रतिरक्षालाई बढाउने बताएका थिए । त्यसपछि एकै साताभित्र दुईवटा क्षेप्यास्त्र परीक्षण भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *