Main News

जनशक्ति मिलान र कोरोना परीक्षण बढाउन स्वास्थ्यमन्त्री खतिवडाको निर्देशन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ५ गते १४:१६
जनशक्ति मिलान र कोरोना परीक्षण बढाउन स्वास्थ्यमन्त्री खतिवडाको निर्देशन (भिडियो रिपोर्टसहित)

५ माघ २०७८ महोत्तरी । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले स्थानीय तह र जिल्लाबाट नै हेल्थ डेस्कमा जनशक्ति मिलान गर्न र एन्टिजेन टेष्ट बढाउन निर्देशन निर्देशन दिनुभएको छ ।

महोत्तरीस्थित नेपालको मुख्य नाका मलिवाराको हेल्ड डेस्क निरीक्षणपश्चात स्वास्थ्य मन्त्री खतिवडाले चैत्रभित्र लक्ष्य अनुरुपको खोप लगाइसक्नका अब गाउँवस्तीमा अभियान संचालन गर्ने बताउनु भयो ।

प्रादेशिक अस्पताल जलेश्वरमा जनशक्ति अभावमा दुई वर्षदेखि भेन्टिलेटर प्रयोगविहीन रहेको र आईसीयुसमेत संचालनमा आउन सकेको छैन ।

मन्त्री खतिवडाले जनशक्ति तालिम दिएर भएपनि त्यसलाई संचालन गराउन निर्देशन दिनुभयो । त्यसका लागि आवस्यक सहयोग केन्द्र सरकारले गर्ने मन्त्री खतिवडाको भनाइ छ ।

महोत्तरीमा हालसम्म पहिलो डोज ५६ प्रतिशतले, दोस्रो डोज ३४ प्रतिशतले लगाएका छन् भने ८५ प्रतिशत विद्यार्थीले मोडर्नाको खोप लिइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *