Main News

पचास वर्षमाथिका नागरिकको मिर्गौला, कलेजो र मुटु परीक्षण निःशुल्क

हिमालय टिभी
२०७८ फागुन २७ गते ८:१७
पचास वर्षमाथिका नागरिकको मिर्गौला, कलेजो र मुटु परीक्षण निःशुल्क

२७ फागुन २०७८ काठमाडौं । सरकारले ५० वर्ष माथिका नागरिकहरुको मिर्गौला, कलेजो, मुट लगायतका रोगहरुको नियमित परीक्षण निःशुल्क गर्ने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद बैठकले वर्षमा एक पटक मिर्गौला, कलेजो र मुटुसहितका रोगको निःशुल्क परीक्षण गर्ने निर्णय गरेको हो । सरकारले बैठकले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल बनाउने निर्णय पनि गरेको छ ।

सो अस्पताल निर्माणका लागि मन्त्रालयले एक कार्यदल मार्फत काम अघि बढाइसकेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा समेत गरेका छन् । स्वास्थ्य सेवा दिवस २०७८ को अवसर पारेर उक्त घोषणा गरिएको हो ।

पछिल्लो समय मानव अंग प्रत्यारोपण सफल भइरहेकाले आम नागरिकमा सकारात्मक सोच विकास गराउनका लागि अंगदान गर्ने निर्णय गरिएको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *