पत्रकार

तालिबानले पहिलो पत्रकार सम्मेलनमा भन्यो–महिला अधिकार शरिया कानूनअनुसार हुनेछ

२ भदौ २०७८ काबुल । अफगानिस्तानमा नियन्त्रण हासिल गरेपछि तालिबानले पहिलोपटक पत्रकार सम्मेलन गरेको छ । राजधानी काबुलमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले २० वर्षको संघर्षपछि देशलाई मुक्त गरेको र विदेशीलाई निकालेको जिकिर गरे । उनले यो देशका...

एआईएनद्वारा स्वास्थ्य पत्रकार मञ्च नेपाललाई स्वास्थ्य सामग्री प्रदान

१५ साउन २०७८ काठमाडौं । एसोसिएशन अफ इन्टरनेशनल एनजीओज इन नेपाल (एआईएन)ले स्वास्थ्य पत्रकार मञ्च नेपाल (एचजेएफएन)लाई साढे तीन लाख बराबरको स्वास्थ्य सामग्री (कोभिड किट) उपलब्ध गराएको छ। कोभिड महामारीको समयमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य पत्रकारका लागि भन्दै एआइएनले...

पत्रकारलाई कोभिड–१९ विरुद्धको खोप लगाउन आदेश

६ असार २०७८ काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ विरुद्धको खोप अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारलाई प्राथमिकताका साथ दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा कुमार चुडालको एकल इजलासले आज समाचार सङ्कलनका क्रममा...

अहिलेसम्म ९ सय ५० जना पत्रकार कोरोना संक्रमित (भिडियो रिपोर्टसहित)

२४ जेठ २०७८ काठमाडौं । नेपाल पत्रकार महासंघले अहिलेसम्म ९ सय ५० जना पत्रकारलाई कोरोना संक्रमण भएको जनाएको छ । जसमध्ये १९ जनाको संक्रमणबाट मृत्यु भएको छ । २ सय जनामा अझै संक्रमण बाँकी रहेको पनि महासंघले जनाएको छ...

पत्रकारको सीप परीक्षणका लागि आम सञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गरिने (भिडियो रिपोर्टसहित)

२१ जेठ २०७८ काठमाडौं । सरकारले पत्रकारको सीप परीक्षणका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारको दक्षता, क्षमता अभिवृद्धि तथा सीप परीक्षण गर्नका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन हुने...

पत्रकारको ७ लाखको दुर्घटना बीमा, निःशुल्क उपचारको व्यवस्था

१५ जेठ २०७८ काठमाडौं । सरकारले पत्रकार महासंघको सदस्यता लिएका पत्रकारलाई निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७८–७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पत्रकारका लागि निशुल्क उपचार सहितका व्यवस्था गरिएको जानकारी दिनुभएको हो ।...

८१६ जना पत्रकार संक्रमित, तीन जनाको आइसीयू र तीन जनाको भेन्टिलेटरमा उपचार हुँदै

१४ जेठ २०७८ काठमाडौं । कोरोना भाइसबाट हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घका अनुसार ५२२ पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । त्यसैगरी हालसम्म १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भएको छ ।...

कोरोना भाइरस सङ्क्रमणबाट रुपन्देहीमा एक पत्रकारसहित सात जनाको मृत्यु

५ जेठ २०७८ रुपन्देही । कोरोना सङ्क्रमणबाट एक पत्रकारसहित सातजनाको मृत्यु भएको छ । गए रातिदेखि बिहान ६ बजेसम्ममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चार र भैरहवास्थित भीम अस्पतालमा तीन जनाको मृत्यु भएको हो । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत...

पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरुलाई महासंघको आग्रह

३ जेठ २०७८ काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरुलाई आग्रह गरेको छ। कोरोना महामारीको दोस्रो लहरमा पनि केही निजी सञ्चार गृहहरुले श्रमजिवी पत्रकारहरुलाई कामबाट निकाल्न थालिएको सूचना आएको भन्दै महासंघले कुनै...

कोरोना संक्रमणबाट पत्रकार कार्कीको निधन

२ जेठ २०७८ काठमाडौं । नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना सङ्क्रमणका कारण ३४ वर्षको अल्पायुमै निधन भएको छ । गत वैशाख १९ गते सङ्क्रमण पुष्टि भएपछि सोही दिनदेखि काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा...