Main News

वरिष्ठ पत्रकार श्रेष्ठको निधन

२०७९ असोज ५ गते २०:११
वरिष्ठ पत्रकार श्रेष्ठको निधन

५ असोज २०७९ काठमाडौं । वरिष्ठ पत्रकार केदारमान सिंह श्रेष्ठको निधन भएको छ ।

लामो समय बेलायती समाचार संस्था बिबिसी र फ्रान्सेली समाचार समिति एएफपीमा काम गर्नुभएका पत्रकार श्रेष्ठको आज मध्याह्न ८१ वर्षको उमेरमा निधन भएको हो ।

लामो समयदेखि मुटुसम्बन्धी बिरामी उहाँको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका क्रममा आज मध्याह्न १२ः०५ बजे निधन भएको उहाँका छोरा सुसनमान श्रेष्ठले जानकारी दिनुभयो ।

काठमाडौँ–२१ भोटेबहाल निवासी मृतक पत्रकारको धर्मपत्नी, एक छोरा र एक छोरी हुनुहुन्छ । नेपालबाट एएफपीमा ४० वर्ष र बिबिसीमा २० वर्ष काम गर्नुभएका पत्रकार श्रेष्ठले पछिल्लो समयमा स्वतन्त्ररूपमा विभिन्न पत्रपत्रिकामा लेख लेख्दै आउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.