थ्री नेशन्स कप

थ्री नेशन्स कपको उपाधि विजेता टोलीलाई नगद पुरस्कार प्रदान

२७ असार २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ च्याम्पियनसिप फूटबल प्रतियोगिता आयोजनाका लागि आवश्यक प्रक्रिया अघि बढाउन अखिल नेपाल फूटबल संघ एन्फालाई निर्देशन दिनुभएको छ । बालुवाटारमा आज थ्री नेशन्स कपको उपाधि विजेता टोलीका सदस्यलाई नगद पुरस्कार...

थ्री नेशन्स कप उपाधि विजेता खेलाडीलाई सरकारले जनही चार लाख दिने

२० चैत २०७७ काठमाडौं । थ्री नेशन्स कप फुटबलको उपाधि जितेको नेपाली राष्ट्रिय फूटबल टोलीका सदस्यलाई सरकारले जनही चार लाख रुपैयाँ पुरस्कार दिने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले विजेता टोलीका सबै खेलाडीलाई प्रोत्साहन स्वरुप जनही चार लाख...

थ्री नेशन्स कप उपाधि विजेता खेलाडीलाई जनही एक लाख दिने एन्फाको घोषणा

१७ चैत २०७७ काठमाडौं । अखिल नेपाल फूटबल संघ (एन्फा)ले थ्री नेशन्स कप अन्तर्राष्ट्रिय फूटबलको उपाधि विजेता खेलाडीलाई जनही १ लाख रुपैयाँ दिने भएको छ । एन्फाले आज एक विज्ञप्ति निकाल्दै उपाधिको रकमबाहेक थप १ लाख दिने जनाएको हो...

नेपाललाई थ्री नेशन्स कप फूटबलको उपाधि, फाइनलमा बंगलादेश २–१ गोल अन्तरले पराजित

१६ चैत २०७७ काठमाडौं । नेपालले थ्री नेसन्स कप फूटबलको उपाधि जितेको छ । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा अन्तराष्ट्रिय प्रतियोगिताको उपाधि जितेको हो । त्रिपूरेश्वरस्थित दशरथ रंगशालामा आज भएको फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले हराउँदै नेपाल च्याम्पियन बनेको...

थ्री नेशन्स कप फूटबलः बंगलादेशविरुद्ध नेपाललाई २–० गोलको अग्रता

१६ चैत २०७७ काठमाडौं । थ्री नेसन्स कप फूटबल प्रतियोगितामा बंगलादेशविरुद्ध नेपालले २–० अग्रता कायम गरेको छ। त्रिपूरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको १८औं मिनेटमा संजोग राईले पहिलो गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए । खेलको ४२औं मिनेटमा विशाल राईले...

थ्री नेशन्स कप फूटबलमा आज नेपाल र बंगलादेश भिड्दै

१४ चैत २०७७ काठमाडौं । थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फूटबलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । त्रिदेशीय फूटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो । प्रतियोगिताको फाइनल पुग्न नेपाललाई बंगलादेशविरुद्ध जित वा बराबरीको नतिजा...

थ्री नेशन्स कप फूटबल खेल्न नेपाली टोली घोषणा, नवयुगसहितका खेलाडी परेनन्

११ चैत २०७७ काठमाडौं । थ्री नेशन्स कप फूटबलका लागि २३ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ । टोलीमा स्ट्राइकर नवयुग श्रेष्ठसहित पछिल्लो समय राष्ट्रिय फूटबल टोलीबाट नियमित खेलिरहेका केही खेलाडी बाहिर छन् । थ्रि नेशन्स कपमा नेपालले भोलि...

थ्री नेशन्स कप फूटबलमा बंगलादेशसँग कीर्गिस्तान पराजित

१० चैत २०७७ काठमाडौं । थ्री नेशन्स कप फुटबलको पहिलो खेलमा बंगलादेशले कीर्गिस्तानको २३ वर्ष मुनिको टोलीलाई १–० गोलले हराएको छ । दशरथ रंगशाला त्रिपुरेश्वरमा आज भएको उद्घाटन खेलमा कीर्गिस्तानको युवा टोलीलाई हराउँदै बंगलादेशले विजयी सुरुवात गरेको हो ।...

थ्री नेशन्स कप फूटबलमा नेपालको उत्कृष्ट प्रदर्शनको तयारी

९ चैत २०७७ काठमाडौं । भोलिदेखि हुन लागेको थ्री नेशन्स कप फूटबलमा घरेलु टोली नेपालले उत्कृष्ट प्रदर्शन गर्ने मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् । प्रतियोगिताअघि भएको प्रि म्याच कन्फ्रेन्समा मुख्य प्रशिक्षक महर्जनले जित हार भन्दा पनि यो प्रतियोगितामा...