खेलकूद

थ्री नेशन्स कपको उपाधि विजेता टोलीलाई नगद पुरस्कार प्रदान

हिमालय टिभी
२०७८ असार २७ गते १८:४१
थ्री नेशन्स कपको उपाधि विजेता टोलीलाई नगद पुरस्कार प्रदान

२७ असार २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ च्याम्पियनसिप फूटबल प्रतियोगिता आयोजनाका लागि आवश्यक प्रक्रिया अघि बढाउन अखिल नेपाल फूटबल संघ एन्फालाई निर्देशन दिनुभएको छ ।

बालुवाटारमा आज थ्री नेशन्स कपको उपाधि विजेता टोलीका सदस्यलाई नगद पुरस्कार वितरण गर्दै प्रधानमन्त्री ओलीले साफ च्याम्पियनसिप नेपालमै गर्न आवश्यक प्रक्रिया अघि बढाउन भन्नुभएको हो ।

सेप्टेम्बर १४ देखि २५ सम्म बंगलादेशमा प्रतियोगिता हुने तय भएको छ । कोरोना महामारीका कारण त्यहाँ गर्न सम्भव नभए नेपालमा गर्न एन्फाले इच्छा देखाएको थियो ।

प्रधानमन्त्रीको स्विकृती पछि अब नेपालले यसै साता हुने साफ बैठकमा आयोजनाको प्रस्ताव लैजाने तयारी गरेको छ । बंगलादेश फुटबल संघले यसअघि नै ढाकामा प्रतियोगिता गराउन नसक्ने बताईसकेको छ ।

बंगबन्धु अन्तर्राष्ट्रिय रंगशाला पुनर्निर्माणका क्रममा रहेकोले सिल्हेट वा चटगाउँमा प्रतियोगिता गराउने उसको योजना छ । तर कोरोना संक्रमणको जोखिम र प्रायोजक नपाएको भन्दै समयमा प्रतियोगिता गर्न नसकिने बताउँदै आएको छ । नेपालले भने प्रतियोगिताको लागि तयारी सुरु गरिसकेको छ ।

कार्यक्रममा गत वर्ष काठमाडौंमा भएको थ्री नेशन्स कप फुटबलको विजेता नेपाली टोलीलाई नगद पुरस्कार हस्तान्तरण गरिएको छ । खेलाडीले जनही ४ लाख, मुख्य प्रशिक्षक बालगोपाल महर्जन, प्रशिक्षक किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षक विकास मल्ले समान २ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

गत चैत १६ गते बंगलादेशलाई २–१ ले हराउँदै नेपालले थ्री नेसन्स कप जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्