खेलकूद
थ्री नेशन्स कप उपाधि विजेता खेलाडीलाई जनही एक लाख दिने एन्फाको घोषणा
२०७७ चैत १७ गते १७:२९
१७ चैत २०७७ काठमाडौं । अखिल नेपाल फूटबल संघ (एन्फा)ले थ्री नेशन्स कप अन्तर्राष्ट्रिय फूटबलको उपाधि विजेता खेलाडीलाई जनही १ लाख रुपैयाँ दिने भएको छ ।
एन्फाले आज एक विज्ञप्ति निकाल्दै उपाधिको रकमबाहेक थप १ लाख दिने जनाएको हो । हिजो बंगलादेशलाई हराउँदै नेपालले उपाधि जितेको थियो ।
पुरस्कारका रुपमा नेपाली टोलीले पाँच हजार डलर पनि पाएको छ । नेपालले ३७ वर्षपछि घरेलु भूमिमा अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको हो ।
प्रतिक्रिया