खेलकूद

थ्री नेशन्स कप फूटबलः बंगलादेशविरुद्ध नेपाललाई २–० गोलको अग्रता

हिमालय टिभी
२०७७ चैत १६ गते १८:२६
थ्री नेशन्स कप फूटबलः बंगलादेशविरुद्ध नेपाललाई २–० गोलको अग्रता

१६ चैत २०७७ काठमाडौं । थ्री नेसन्स कप फूटबल प्रतियोगितामा बंगलादेशविरुद्ध नेपालले २–० अग्रता कायम गरेको छ।

त्रिपूरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको १८औं मिनेटमा संजोग राईले पहिलो गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए । खेलको ४२औं मिनेटमा विशाल राईले दोस्रो गोल गरेसँगै नेपाल २–० गोलले अगाडि छ ।

बंगलादेशले अहिलेसम्म गोल गर्न सकेको छैन । आजको उपाधि विजेताले ५ हजार डलर पुरस्कार पाउनेछ । यस्तै उप विजेताले दुई हजार पाँच सय डलर प्राप्त गर्नेछ । आजको खेललाई पनि फिफाले मान्यता दिएको छ ।

यसले विश्व वरियतामा प्रभाव पर्नेछ । लीग चरणका दुबै खेलमा गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्