खेलकूद

थ्री नेशन्स कप फूटबलमा बंगलादेशसँग कीर्गिस्तान पराजित

हिमालय टिभी
२०७७ चैत १० गते २१:०४
थ्री नेशन्स कप फूटबलमा बंगलादेशसँग कीर्गिस्तान पराजित

१० चैत २०७७ काठमाडौं । थ्री नेशन्स कप फुटबलको पहिलो खेलमा बंगलादेशले कीर्गिस्तानको २३ वर्ष मुनिको टोलीलाई १–० गोलले हराएको छ ।

दशरथ रंगशाला त्रिपुरेश्वरमा आज भएको उद्घाटन खेलमा कीर्गिस्तानको युवा टोलीलाई हराउँदै बंगलादेशले विजयी सुरुवात गरेको हो । बंगलादेशले पहिलो हाफमा पाएको उपहार गोलनै जितका लागि पर्याप्त बन्यो ।

खेलको ३० औं मिनेटमा कीर्गिस्तानका डिफेन्डर कुमारवज अलु बइमानले बल क्लियर गर्न क्रममा आफ्नै पोष्टमा गोल गर्न पुगे । पोष्टको दायाँ भागबाट बंगलादेशका फरवार्ड मोहमद साद उडिनले गरेको क्रसमा बइमानले आत्मघाती गोल गरेका हुन् ।

लगतै कीर्गिस्तानले खेलमा फर्कन प्रयास गरेपनि सफल हुन नसक्दा पहिलो हाफमा बंगलादेशले १–० ले अग्रता लियो । दोस्रो हाफमा पनि पटक पटक गोलको अबसर सिर्जना गरेको किर्गिजिस्तान सफल हुन सकेन र बंगलादेशले खेल आफ्नो पक्षमा पार्यो ।

प्रतियोगिताको दोस्रो खेलमा नेपालले पर्सि किर्गिजिस्तानसँग खेल्नेछ । नेपालले आफ्नो दोस्रो खेलमा चैत १४ गते बंगलादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत १६ गते हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्