सूर्यमा आफ्नो पहिलो अवलोकन मिशन सुरु गर्ने भारतको तयारी

१६ भदौ २०८० नयाँ दिल्ली । भारतले सूर्यमा आफ्नो पहिलो अवलोकन मिशन सुरु गर्ने तयारी गरेको छ।
चन्द्रमाको दक्षिणी ध्रुव नजिकै चन्द्रयान–३ अवतरण गर्ने पहिलो देश बनेको केही दिनपछि भारतले सूर्य अवलोकन मिशन शुरु गर्न लागेको हो ।
आदित्य एल–१ आज भारतीय समय अनुसार बिहान ११ बजेर ५० मिनेटमा श्रीहरिकोटाबाट प्रक्षेपण गरिँदैछ । यो पृथ्वीबाट १५ लाख किलोमिटरको दूरीमा रहनेछ ।
भारतको अन्तरिक्ष एजेन्सी इस्रोले यो दूरी यात्रा गर्न चार महिना लाग्ने जनाएको छ। यो मिसनबाट वैज्ञानिकहरूलाई सौर्य गतिविधि बुझ्न मद्दत पुग्नेछ।आदित्य एल–१ प्रक्षेपण सफल भए भारत सूर्य अध्ययन गरिरहेका देशहरूको समूहमा सामेल हुनेछ।
सन् १९८१ मा जापानले सूर्यमा पहिलो मिसन प्रक्षेपण गरेको थियो । अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र युरोपेली अन्तरिक्ष एजेन्सी ईएसए ले सन् १९९० को दशकदेखि सूर्यको अध्ययन गर्दै आएका छन् ।
प्रतिक्रिया