खेलकूद

आयरल्याण्डविरुद्धको चौथो ट्वेन्टी–ट्वेन्टीमा अफगानिस्तान विजयी

हिमालय टिभी
२०७९ साउन ३१ गते ७:४१
आयरल्याण्डविरुद्धको चौथो ट्वेन्टी–ट्वेन्टीमा अफगानिस्तान विजयी

३१ साउन २०७९ काठमाडौं । आयरल्याण्डविरुद्धको चौथो ट्वेन्टी(ट्वेन्टी खेलमा अफगानिस्तान विजयी भएको छ ।

चौथो खेलमा पाहुना टोली अफगानिस्तानले आयरल्याण्डलाई २७ रनले हराएको हो । वर्षाले प्रभावित खेलको निर्धारित ११ ओभरमा १३३ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले १०५ रनमात्र बनाउन सक्यो ।

आयरल्याण्डका जर्ज डकरेल ४१ रनमा अविजित रहँदा पउल स्टिरलिङले २० रन जोडे । बलिङमा अफगानिस्तानका फरिद अहमदले ३ तथा नविन उल हक र राशिद खानले समान २–२ विकेट लिए ।

यसअघि बेलफास्टमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११ ओभरमा ६ विकेट गुमाउँदै १३२ रन बनाएको थियो । अफगानिस्तानका नजिबुल्लाह जाडरनले ५० रनको अर्धशतकीय इनिंग्स खेले । त्यस्तै राशिद खान ३१ रनमा अविजित रहे ।

आयरल्याण्डका ग्यारेथ डेलानीले ३ विकेट हात पारे । यससँगै ५ खेलको शृंखला २–२ को बराबरी भएको छ ।

आयरल्याण्डले पहिलो खेल ७ तथा दोस्रो खेल ५ विकेटले जितेको थियो । त्यसपछिका दुई खेलमा अफगानिस्तान क्रमशः २२ र २७ रनले विजयी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्