खेलकूद

आईपीएल क्रिकेटमा पञ्जाबविरुद्ध लखनउको जित

हिमालय टिभी
२०७९ वैशाख १७ गते ८:३७
आईपीएल क्रिकेटमा पञ्जाबविरुद्ध लखनउको जित

१७ वैशाख २०७९ मुम्बई । इण्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्स तेस्रो स्थानमा उक्लिएको छ ।

आईपीएल अन्तर्गत गएराति पञ्जाब किंग्सलाई २० रनले हराउँदै लखनउ तेस्रो स्थानमा पुगेको हो । १५४ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित ओभरमा ८ विकेटको नोक्सानीमा १३३ रनमात्र बनाउन सक्यो ।

उसका लागि जोन्नी बेरिस्टोले ३२, कप्तान मयंक अग्रवालले २५ रन जोड्दा ऋषि धवन २१ रनमा अविजित रहे । लखनउका मोहसिन खानले ३ तथा दुश्मन्था चामिरा र क्रुनल पाण्ड्याले समान २(२ विकेट लिए ।

यसअघि पुनेमा टस हारेर ब्याटिङ गरेको लखनऊले ८ विकेट गुमाएर १५३ रन बनाएको थियो । लखनऊका क्विन्टन डिककले ४६ तथा दीपक हुड्डाले ३४ रन बनाए । पञ्जाबका काशिगो रबाडाले ४ विकेट हात पारे ।

जितपछि लखनउले ९ खेलबाट १२ अंक जोडेको छ। उता समान खेलबाट ८ अंकसहित पञ्जाब सातौं स्थानमा छ ।

आज शीर्ष स्थानको गुजरात टाइटन्स र रोयल च्यालेञ्जर्स बेंग्लोर तथा राजस्थान रोयल्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्