Main News

भारतको ओडिशामा भएको रेल दुर्घटनामा २३३ जनाको मृत्यु, ९ सय जना घाइते

२०८० जेठ २० गते ७:३७
भारतको ओडिशामा भएको रेल दुर्घटनामा २३३ जनाको मृत्यु, ९ सय जना घाइते

२० जेठ २०८० काठमाडौं । पूर्वी भारतको ओडिशा राज्यको बालासोर जिल्लामा भएको भयानक रेल दुर्घटनामा २ सय ३३ जना यात्रुको मृत्यु भएको छ । दुर्घटनामा ९ सय बढी घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

घटनामा तीन वटा रेल आपसमा जुधेका थिए। हावडा–चेन्नई कोरोमण्डल एक्सप्रेसको मालबाहक रेलसँग ठोक्किएर लिकबाट अनियन्त्रित भएको डिब्बा अर्कोतर्फबाट आउँदै गरेको यशवन्तपुर–हावडा सुपरफास्ट रेलसँग ठोक्किएको थियो ।

घटनापछि ओडिशाका मुख्य सचिव प्रदीप जेनाले ट्वीट गर्दै घटनामा मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको र करिब ९ सय जना घाइते भएका उल्लेख गरेका छन् । रेलमन्त्री आश्विनी वेष्णव घटनास्थल पुगेका छन् । उनले मृतकका परिवारलाई १०–१० लाख राहत दिने घोषणा गरेका छन् ।

उनले गम्भीर घाइतेका परिवारलाई दुई लाख र सामान्य घाइतेका परिवारलाई दिने घोषणा पनि गरेका छन् । दुर्घटनाका घाइतेहरुको गोपालपुरको एउटा अस्पताल र बालासोर मेडिकल कलेजमा उपचार भइरहेको ओडिशाका मुख्य सचिव प्रदीप जेनाले भारतीय सञ्जार माध्यमलाई बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *