अपेक्षित रुपमा आउँदैन वैदेशिक सहायता (भिडियो रिपोर्टसहित)
९ वैशाख २०८० काठमाडौं । पछिल्ला वर्षहरूमा वैदेशिक ऋण उल्लेखनीय बढेको देखिए पनि सरकारले वार्षिक लक्ष्य गरे अनुसार भने ऋण पाउन सकेको छैन ।
पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा नेपाल सरकारले वार्षिक बजेटमा उल्लेख गरेको वैदेशिक ऋणमध्ये ७० प्रतिशतभन्दा बढी कुनै वर्ष पनि प्राप्त गर्न सकेको छैन । विश्वमा सृजित आर्थिक संकटले आगामी दिनमा सहायता र ऋण थप घट्ने हुँदा बजेट निर्माणमा ध्यान दिनुपर्ने देखिन्छ ।
चालू आर्थिक वर्ष २०७९र८० मा सरकारले दाताबाट अनुदान र ऋण गरी झन्डै ३ खर्ब रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेको छ । २ खर्ब ९७ अर्ब ७१ करोड रुपैयाँ दाताबाट ऋण लिने सरकारको योजना थियो ।
त्यसमा ५५ अर्ब ४६ करोड रुपैयाँ अनुदान र २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ ऋण लिने सरकारको लक्ष्य छ । तर चालू आर्थिक वर्षको ९ महिना बितिसक्दा सरकारले १ खर्ब ३८ अर्ब ५६ करोड रुपैयाँको मात्रै प्रतिबद्धता पाएको छ । विश्वव्यापी आर्थिक मन्दीका कारण यो वर्ष सरकारले लक्ष्य गरे अनुसार सहायता प्राप्त नहुने निश्चित छ ।
एक दशकमा कुनै पनि वर्ष सरकारले लक्ष्यअनुसार ऋण लिन सकेको छैन । वैदेशिक ऋण प्राप्तिको लक्ष्य र प्राप्तिको अवस्था कस्तो छ रु
आर्थिक वर्ष २०७४–७५
लक्ष्य २ खर्ब १४ अर्ब
प्राप्त ऋण ९३ अर्ब रुपैयाँ
आर्थिक वर्ष २०७५–७६
लक्ष्य २ खर्ब ५३ अर्ब
प्राप्त ९४ अर्ब
आर्थिक वर्ष २०७६–७७
लक्ष्य २ खर्ब ९८ अर्ब
प्राप्त १ खर्ब ६२ अर्ब
आर्थिक वर्ष २०७७–७८
लक्ष्य २ खर्ब ९९ अर्ब
प्राप्ती १ खर्ब ३० अर्ब
आर्थिक वर्ष २०७८–७९
लक्ष्य १ खर्ब ६५ अर्ब
प्राप्ती १ खर्ब ३३ अर्ब
आगामी दिनमा यो अंश थप घट्दै जाने भएकाले सरकारले बजेट निर्माणमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
कुनै वर्ष लक्ष्य अनुसार ऋण प्राप्त नहुँदा पनि पछिल्लो पाँच वर्षमा सरकारको ऋण दोब्बर बढेको छ। मुलुकको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। त्यसमा बाह्य ऋण १० खर्ब ६९ अर्ब ७८ करोड रूपैयाँ पुगेको छ।
प्रतिक्रिया