आर्थिक

घटेन कर्जाकाे ब्याजदर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० वैशाख ४ गते २१:३४
घटेन कर्जाकाे ब्याजदर (भिडियो रिपोर्टसहित)

४ वैशाख २०८० काठमाडौं । चौतर्फी आलोचना र दबाबपछि बैंकहरुले ब्याजदर घटाए । बैशाख १ देखि लागू हुनेगरी निक्षेपको ब्याजदर घटाएर एकल अंक कायम गरियो । तर यसबाट ऋणीले राहत पाउने छैनन् । कर्जाको ब्याजदर घट्न अझै तीन महिना कुर्नुपर्ने हुन्छ ।

बैंकहरुले यतीबेला बचतकर्तालाई निक्षेपको ब्याजदर घटाएको सन्देश पठाइरहेका छन् । १२ दशमलव १३ प्रतिशतसम्म पुगेको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९ दशमलव ९९ प्रतिशतमा झारेका छन् । संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७ दशमलव ९९ प्रतिशत र बचतको ब्याजदर ५ दशमलव ४ प्रतिशत देखि ७ दशमलव ४ प्रतिशतमा कायम गरिएको छ ।

निक्षेपको ब्याजदर घटेर एकल अंकमा झर्दा कर्जाको ब्याजदर पनि घट्नुपर्ने हो । तर यसको लाभ ऋणीले साउनदेखि मात्रै पाउने छन् । हाल बाणिज्य बैंकहरुले ऋणीबाट १७ प्रतिशतसम्म ब्याज लिइरहेका छन् । यसर्थ अहिले निक्षेपको ब्याजदर घटेपनि व्यवसायीहरु सन्तुष्ट छैनन् । सरकार र राष्ट्र बैंकको बैंकहरुलाई पोस्ने नीतिका कारण ब्याजदरको समस्या बल्झिरहेको व्यवसायीको आरोप छ ।

निक्षेपको ब्याजदर घटेसँगै बैंकहरुको आधार दर पनि घट्छ । आधार दरमा आएको परिर्वतन अनुसार त्रैमासिक रुपमा कर्जाको ब्याजदर घटबढ गर्ने राष्ट्र बैंकको नीति छ । अहिले बैंकहरुले ५ प्रतिशत प्रिमियम लिने निर्णय गरेका छन् । तर राष्ट्र बैंककै मौन स्विकृतीमा प्रिमियम ८ प्रतिशतसम्म लिइरहेका छन् ।

व्यवसायको संरक्षण र लगानी प्रवद्धनका लागि बैंकबाट प्रवाह हुने कर्जाको ब्याजदलाई बाञ्छित सिमा भित्र राख्नुपर्छ । तर राष्ट्र बैंकको पछिल्लो नीति बजारमा कम पैसा प्रवाह गर्ने संकुचित खालको छ । योसँगै बैंकहरुको नाफामा पनि कुनै लगाम लगाउन सकेको छैन् । जसले गर्दा व्यवसायमा स्थिायीत्व आउन सकिरहेको देखिदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *