आर्थिक

निक्षेपको ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय

हिमालय टिभी
२०७९ चैत २९ गते १४:०१
निक्षेपको ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय

२९ चैत २०७९ काठमाडौं । बैंक निक्षेपको ब्याजदर एकल अंकमा झारिएको छ ।

आज विहान बसेको नेपाल बैंकर्स संघको बैठकले निक्षेपका नयाँ ब्याजदर १० प्रतिशतभन्दा तल एकल अंकमा झर्ने निर्णय गरेको हो । नयाँ ब्याजदर वैशाख १ गतेदेखि लागू हुनेछ ।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९ दशमलव ९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७ दशमलव ९९ प्रतिशत कायम हुनेछ । अहिले मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत छ ।

यस्तै बचतमा न्यूनतम ५ दशमलव ४ प्रतिशत र अधिकतम ७ दशमलव ४ प्रतिशत कायम गर्ने तथा कल निक्षेपमा बचतको तल्लो सीमाको ५० प्रतिशत हुने गरी ब्याजदर कायम गर्ने निर्णय भएको छ।

अहिले बचतमा बैंकहरुले ६ देखि ८ प्रतिशत ब्याजदर दिंदै आएका छन् । वैशाखदेखि निक्षेपको ब्याजदर घटेपनि यसको प्रभावअनुसार कर्जाको ब्याजदर घट्न भने साउनसम्म कुर्नुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *