आर्थिक

बाँकेमा सोलार परियोजनाबाट १० मेगावाट विद्युत उत्पादन (भिडियो रिपोर्टसहित)

२०७९ चैत २८ गते १६:५५
बाँकेमा सोलार परियोजनाबाट १० मेगावाट विद्युत उत्पादन (भिडियो रिपोर्टसहित)

२८ चैत २०७९ बाँके । गोल्यान समूह र रेनरगो डेभलपर्स प्रालिको मुख्य लगानी रहेको पियोर ईनर्जी लिमिटेडले बाँके जिल्लामा निर्माण गरेको सोलार परियोजनाबाट १० मेगावाट विद्युत उत्पादन गरेको छ ।

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ८ रनियापुरस्थित घिया गाउँमा निर्माण गरिएको परियोजनाबाट उत्पादन भएको १० मेगावाट विद्युत् परीक्षणका लागि बिहीबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

हाइड्रो र सोलार गरेर करिब ८ सय मेघाबाट विद्युत उत्पादनका योजना अगाडि बढाइ रहेको गोल्यान ग्रुपले सोलार प्रणालीबाट बाँकेमा विद्युत उत्पादन सुरु गरेको हो । खजुरा गाउँपालिका ८ रनियापुरमा २२ बिघा जमिनमा १९ हजार ४ सय सोलार प्यानल सहितका उपकरण जडान गरी विद्युत उत्पादन सुरु गरेको छ । पियोर इनर्जीले बाकेमा सोलार सिस्टमबाट २० मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।

पहिलो चरणमा १० मेघावाट बिद्युत उत्पादन सुरु भइसकेको र अब थप १० मेघावाट बिद्युत उत्पादन गर्ने तयारी गरिएको छ । करिब १ सय १४ करोडको लगानीमा उत्पादन गरिएको विद्युत करिब साढे १६ किलोमिटर लामो प्रशारण लाइन बनाइएको छ ।

नेपाल विद्युत प्राधिकरणको कोहलपुरस्थित सब स्टेशनमा पुर्‍याएर केन्द्रीय प्रसारण लाइनमा जोडिने छ । नेपालमै अत्याधिक गर्मी हुने नेपालगञ्जसंगै जोडिएको रनियापुरमा निर्माण गरिएको सोलार प्लान्टबाट दैनिक १२ घण्टासम्म विद्युत उत्पादन हुने छ ।

सोलार विद्युत परियोजनाको निर्माण गत वर्षदेखि सुरु भएको थियो । समयमै १० मेगावाटको परियोजना सम्पन्न भएको जनाउँदै रेनरगो डेभलपर्स प्रालिले परियोजनामा एक अर्ब रुपियाँको लगानी भएको जनाएको छ । एक अर्ब रुपैयाँकै लगानीमा थप १० मेगावाटको अर्को परियोजना पनि सम्पन्न हुने अन्तिम चरणमा पुगेको जनाउँदै दुई महिनाभित्रै थप १० मेगावाट विद्युत उत्पादन हुने दावी गरिएको छ ।

सोलार प्लान्टबाट उत्पादन भएको विद्युतलाई प्राधिकरणले प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा खरिद गर्ने सम्झौता गरेको छ । २५ वर्षसम्म विद्युत सरकारलाई विक्री गर्ने गरी सरकारसँग सम्झौता भएको रेनरगो डेभलपर्स प्रालिले जनाएको छ । कम्पनीका अनुसार यसअघि पोखरा र नवलपरासीको बर्दघाटमा पनि सोलारबाट विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *