आर्थिक

बैंकहरु पनि मिटरब्याजी सरह ब्याज असुल्दै (भिडियो रिपोर्टसहित)

२०७९ चैत १५ गते २०:४६
बैंकहरु पनि मिटरब्याजी सरह ब्याज असुल्दै (भिडियो रिपोर्टसहित)

१५ चैत २०७९ काठमाडौं । मिटरब्याजीबाट पीडित यतिबेला न्याय खोज्दै काठमाडौंमा छन् । लघुवित्तबाट पीडित भएको भन्दै गाउँगाउँमा लघुवित्त खारेजीको आन्दोलन छ।

त्यतिमात्र होइन, बैंकहरुले मनोमानी कर्जाको ब्याजदर वृद्धि गरेको भन्दै उद्योग(व्यवसायी पनि मन्त्रीदेखि प्रधानमन्त्रीसम्म गुहार्दै छन् । नियामक निकाय कमजोर हुँदा बैंक तथा वित्तीय संस्था मिटिरब्याजी साहु जस्तो भएको आरोप छ ।

असार अघिसम्म ८ प्रतिशतमा लिएको कर्जाको ब्याजदर १८ प्रतिशत पुर्याएपछि उद्योगी व्यवसायीले ७ महिना लामो सडक आन्दोलन गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्जाको ब्याजदर एकल अंकमा झारिदिने आश्वासन दिएपछि केही समय आन्दोलन स्थगित गरेका व्यवसायी पुनः आन्दोलनको तयारीमा छन् ।

अहिले बैंकहरुले न्यूनतम पनि १४ दशलमव २९ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गरिरहेका छन् । मुलुकमा आर्थिक संकट आएका बेला बैंकले मिटरब्याजीकै शैलीमा मनोमानी ब्याजदर वृद्धि गरेको आरोप उद्योगी, व्यवसायीको छ।

बैंकहरुको आधारदर ९ दशमलव ८६ देखि १० दशमलव २ प्रतिशतसम्म छ । उक्त आधारदरमा ६ प्रतिशत प्रिमियम थपेर कर्जा प्रवाह गर्ने गर्छन् । २०४६ पछि राष्ट्र बैंकले ब्याजदर निर्धारणको जिम्मा बजारलाई नै छाडिदिएको छ । मुलुकमा राणा शासनकै बेला वि।सं। १९१० को मुलुकी ऐनले मनोमानी ब्याज लिनेलाई नियन्त्रण गर्ने र कारबाही गर्ने व्यवस्था गरी ब्याजदर सय(कडा १० निर्धारण गरेको थियो । तर प्रजातन्त्रको पुनर्बहालीपछि नै बजारमा मनोमानी बढेको देखिन्छ ।

ब्याजदरको घटबढ कतिको स्वभाविक हो भन्नेबारे सुक्ष्म निगरानी र अध्ययन गर्नुपर्ने निकाय राष्ट्र बैंक मुकदर्शक बन्दा बैंकहरुले मनोमानी ब्याजदर निर्धारण गर्ने र साहुमहाजनकै जस्तो व्यवहार प्रदर्शन गर्ने गरेको आरोप छ ।

बैंकहरुलाई नाफामा लैजाने तर ऋण लगानीकर्ताहरुको घाटाको बारेमा कुनै चासो नदिने सरकारी नीति नै गलत भएको बताउँछन् । यति मात्र होइन केही महिनाअघि मात्र राष्ट्र बैंकले ऋणीसँग नियम विपरीत उठाएको साढे ३ अर्ब ब्याज फिर्ता गर्न बैंकहरुलाई निर्देशन दिएपछि फिर्ता गरे । लघुवित्तले १ अर्ब ६० करोड रुपैयाँ नियम विपरित उठाएको ब्याज रकम फिर्ता गरे । बैंकहरुले ऋणीमाथि कति मनोमानी गरिरहेका छन् भन्ने यसले नै पुष्टि गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *