आर्थिक

आर्थिक आयको काम गर्दैनन् ९० लाख नेपाली (भिडियो रिपोर्टसहित)

२०७९ चैत ११ गते २१:०५
आर्थिक आयको काम गर्दैनन् ९० लाख नेपाली (भिडियो रिपोर्टसहित)

११ चैत २०७९ काठमाडौं । राष्ट्रिय जनगणनाअनुसार नेपालको कुल जनसंख्या मध्ये करिब १ करोड ५० लाख प्रत्यक्ष आयआर्जनको काममा संलग्न छन् । त्यसमध्ये सबैभन्दा धेरै कृषि, वन र माछापालन क्षेत्रमा ५७ प्रतिशत छन् । करिब ९० लाखले भने कुनै पनि आर्थिक काम गर्दैनन् ।

२०७८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ। उक्त जनसंख्या मध्ये १ करोड ४९ लाख ८३ हजार ३१० जना मात्र आर्थिक काममा संलग्न छन् । त्यसमध्ये सबैभन्दा धेरै कृषि, वन र माछापालन क्षेत्रमा ५७ दशमलव ३ प्रतिशत रहेका छन् ।

यस्तै थोक एवं खुद्रा व्यापार, मोटरगाडी तथा मोटरसाइकल मर्मतमा १२ दशमलव ५ प्रतिशत, निर्माणमा ८ दशमलव १ प्रतिशत, औद्योगिक उत्पादनमा ३ दशमलव ८ प्रतिशत र अन्य सेवामा ३ दशमलव ९ प्रतिशत जनसंख्या संलग्न छन् ।

देशभरमा रहेका कुल परिवारमध्येबाट ९ दशलमव ४ प्रतिशतले भने कृषि बाहेक अन्य व्यवसाय सञ्चालन गर्ने गरेका छन् । मुलुकमा घरेलु तथा साना उद्योगको संख्या १ लाख ३७ हजार ६४४ छ ।

व्यापार व्यवसायमा ३ लाख १० हजार ६५१, यातायातमा ३४ हजार छ सय ६५६, सेवा क्षेत्रमा ६९ हजार १७७ र अन्य व्यवसायमा ७५ हजार ५५९ बराबर छ । साना घरेलु व्यवसायमध्ये मुख्यरूपमा पुरुषले सञ्चालन गरेका ५५ प्रतिशत र महिलाले सञ्चालन गरेका ४५ प्रतिशत उद्योग छन् ।

यसैगरी प्रदेशगत रुपमा कुल साना घरेलु व्यवसाय मध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १ लाख ५३ हजार ५२२ र सबैभन्दा कम कर्णाली प्रदेशमा ३२ हजार ४६३ परिवार छन् ।

यस्तै ८९ लाख ७५ हजार ५५८ जना व्यक्ति भने कुनै पनि आयआर्जन हुने काम गर्दैनन् । जसमध्ये सबैभन्दा धेरै ४६ दशमलव ९ प्रतिशतले विद्यार्थी भएका कारणले काम नगरेको प्रतिवेदनमा उल्लेख छ । त्यसपछि घरधन्दामा २१ शमलव ९ प्रतिशत, बृद्ध अवस्थाका ११ प्रतिशतले आयआर्जनको काम गर्दैनन् ।

अशक्त बिरामी २ दशमलव ५ प्रतिशत छन् भने २ दशमलव २ प्रतिशतले पेन्सन बुझ्छन् । कुल जनसंख्या मध्ये २१ लख ९० हजार ५९१ जना वैदेशिक रोजगारीमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *