आर्थिक

भारतसँग सीमा जोडिएका जिल्लामा प्रभावकारी बन्दै ई-बैंकिङ (भिडियो रिपोर्टसहित)

२०७९ चैत ७ गते २१:२४
भारतसँग सीमा जोडिएका जिल्लामा प्रभावकारी बन्दै ई-बैंकिङ (भिडियो रिपोर्टसहित)

७ चैत २०७९ बारा । पछिल्लो तीन वर्षमा नेपालको डिजिटल साक्षरताको दर ५१ प्रतिशत पुगेको छ ।

प्रविधिमा पहुँच पुग्दा अहिले इन्टरनेट र मोबाइलबाट गरिने बैँकिङ्ग कारोबार पनि बढ्दै गएको छ । सुगमदेखि दुर्गमसम्म ई–बैकिङ्ग भरपर्दो कारोबार बन्दा भारतसँग सीमा जोडिएका जिल्लामा पनि यो प्रभावकारी बन्न थालेको छ ।

मोबाइल बैँकिङ्ग युवा पुस्तामाझ लोकप्रिय बन्न थालेको छ । अधिकांश कारोवार बैँकको घन्टौँ लाइनमा नबसी इन्टरनेटका माध्यमबाट क्षणभरमै गर्न सकिने भएसँगै अहिले धेरै यसतर्फ आकर्षित भएका छन् ।

समयको पनि बचत हुने हुँदा अहिले भारतसँग सीमा जोडिएका जिल्लामा पनि यो प्रभावकारी बनेको छ । डिजिटल बैंकिङ्ग प्रयोगले बैँकिङ्ग कारोवारलाई छिटो छरितो बनाएको प्रयोगकर्ता बताउँछन् ।

सानो रकम झिक्न र पठाउन पनि बैँक पुग्नुपर्ने, घन्टौ पर्खदा बल्ल पालो आउने र समयको नास हुने भएकाले अहिले प्रविधिमा पहुँच भएकाका लागि डिजिटल बैंकिङ उत्तम विकल्प बनेको छ । खुद्रा पसलमा समेत ई–बैकिङ्गको व्यवस्था गर्न थालिएको छ । बारामा एजेन्टबाट नभइ स्वयं ई–बैकिङ्ग गरेर बिमाको पैसा समेत नागरिकले तिर्न थालेका छन् ।

राष्ट्र बैँकले त डिजिटल कारोवारको रकमको सीमा नै बढाइदिएको छ । ग्रामीण भेगमा समेत क्युआर कोडदेखि ईसेवाले ठूलो बजार पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *