आर्थिक

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख १० हजार नाघ्यो

हिमालय टिभी
२०७९ चैत ५ गते १३:२३
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख १० हजार नाघ्यो

५ चैत २०७९ काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपाली बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख १० हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख सात हजार एक सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू दुई हजार नौ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख नौ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख छ हजार छ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रू ३५ वृद्धि भई रू एक हजार तीन सय ४५ पुगेको महासङ्घले जनाएको छ ।

पछिल्लो समय सुनचाँदी बजारमा सुन तथा चाँदीको मूल्य बढ्दै गएको छ । यसअघि गत माघमा सुनको मूल्य प्रतितोला रू एक लाख सात हजार पाँच सयमा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल सुन औसत एक हजार नौ सय ८८ दशमलव ११ डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *