आर्थिक
महिला उद्यमीलाई साथ दिंदै केपी ओली पत्नी राधिका शाक्य बुढानीलकण्ठमा (भिडियो रिपोर्टसहित)
२०७९ चैत ४ गते १७:५९

४ चैत २०७९ काठमाडौं । आन्तरिक उत्पादनको बजारीकरण र कृषिमा व्यवसायीकरणका लागि काठमाडौंको बुढानिलकण्ठमा घरेलु उत्पादन मेला आयोजना गरिएको छ ।
बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा काठमाडौंका ११ वटा नगरपालिका भित्रका स्वरोजगार महिलाले उत्पादन गरेका सामग्री प्रदर्शनीमा राखिएको हो ।
प्रदर्शनीले महिला स्वरोजगारलाई प्रवर्द्वन र आन्तरिक उत्पादनको बजारीकरणमा सहयोग पुग्ने आयोजकको दाबी छ ।
७० भन्दा बढी स्टलमा काठमाडौंका महिलाले उत्पादन गरेका ढाकाका कपडा, अचार, मिठाइ, खेलौना र कृषिउपज राखिएको छ । स्टलमार्फत् किनबेच र बजारीकरणमा सहयोग पुगेको आयोजकको दाबी छ ।
प्रतिक्रिया