आर्थिक

डीडीसीले बढायो दूधको मूल्य, लिटरमै ११ रुपैयाँ वृद्धि

हिमालय टिभी
२०७९ चैत १ गते १७:५५
डीडीसीले बढायो दूधको मूल्य, लिटरमै ११ रुपैयाँ वृद्धि

१ चैत २०७९ काठमाडौं । दुग्ध विकास संस्थान डीडीसीले दूधको मूल्य लिटरमा ११ रुपैयाँले वृद्धि गरेको छ । बढेको मूल्य भोलिदेखि लागू हुने भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा दूधको उपभोक्ता मूल्य बढाउने निर्णय गरेको संस्थानका महाप्रबन्धक सञ्जिव झाले बताउनुभयो ।

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको दूधको प्रतिलिटर मूल्य ८६ रुपैयाँबाट बढाएर ९७ रुपैयाँ कायम गरिएको छ । सरकारले यसअघि वृद्धि गरेको दूधको किसान मूल्य भने आजदेखि नै लागू गर्ने निर्णय भएको झाले बताउनुभयो ।

संस्थानका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले डीडीसीले बजारमा बिक्री गर्ने चार प्रकारका प्याकेटको दूधको मूल्य निर्धारण भने संस्थानको बोर्ड बैठकले गर्नेछ ।

हाल संस्थानले स्ट्याण्डर्ड दूध प्रति ५ सय मिलिलिटरको ४३ रुपैयाँ, फूल क्रिम प्रतिप्याकेट ५७ र गाईको दूधको मूल्य ५१ रुपैयाँमा बेच्ने गरेको छ । यस्तै लो फ्याट चिया दूधको मूल्य ४० रुपैयाँ छ । अधिकारीकाअनुसार सबै दूधमा प्रति प्याकेट साढे ५ रुपैयाँ वृद्धि हुने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *