आर्थिक

किसानले किन पाउन सकेनन् मकैको उचित मूल्य ?

२०७९ फागुन १९ गते १६:३२
किसानले किन पाउन सकेनन् मकैको उचित मूल्य ?

१९ फागुन २०७९ बाँके । सरकारले बाँकेमा मकै जोन परियोजना सञ्चालन गरेको छ । मकै जोन सुरु भए पछि बाँकेमा मकै खेती फस्टाउदै गएको छ । तर खेती गर्ने किसानले मकैको उचित मूल्य पाउन सकेका छैनन् ।

मकै जोन परियोजना अन्तर्गत बाँकेमा १ सय ६१ किसान समुहले ६ सय ६७ हेक्टरमा मकै खेती गर्दै आएका छन् । पछिल्लो समय बाँकेमा मकै उत्पादन बढ्दै गएको छ । किसानले खेती पनि विस्तार गरिरहेका छन् ।

तर किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् । सरकारले न्युनतम समर्थन मूल्य पनि तोकेको छैन । ब्यापारीले मनोमानी ढंगले मूल्य तोक्दै आएका छन । अहिले व्यापारीले मकै प्रति क्विन्टल २५ सयदेखि ३५ सयसम्ममा खरिद गर्दै आएका छन ।

मकैको उत्पादन बढाउन मकै खेती गर्ने किसानलाई उन्नत बिउ, सिचाई र रासायनिक मलमा अनुदान दिन र न्यूनतम मूल्य तोक्नु किसाहरुले सरकारसँग माग गरेका छन् ।

नेपालीले खाने खाद्यान्नमा करिव २६ प्रतिशत हिस्सा मकैले ओगटेको छ । नेपालमा करिब २८ लाख ३५ हजार मेट्रिक टन मकै उत्पादन हुने अनुमान छ ।

आर्थिक वर्षा २०७८–७९ मा १९ अर्ब ६४ करोड ९६ लाख २५ हजार रुपैंया बराबरको मकै आयात भएको भन्सार विभागको तथ्यांक छ । नेपालमा उत्पादित मकैले भाउ नपाउने तर बर्सेनि आयात भने बढ्ने भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *