आर्थिक

बाराका किसान चैते धान खेतीमा आकर्षित (भिडियो रिपोर्टसहित)

२०७९ फागुन १६ गते २१:१०
बाराका किसान चैते धान खेतीमा आकर्षित (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७९ बारा । करिब ९२ प्रतिशत धान खेती असारमा अर्थात बर्खेका रूपमा गरिँदै आएको छ भने करिब ७ प्रतिशत चैतेका रूपमा र १ प्रतिशत जाडो मौसम अर्थात माघको अन्तिममा रोपिँदै आएको छ ।

चाडबाडको खर्च जुटाउने हेतुले निरन्तर चैते धान लगाएपनि असारको जस्तो चर्चा सुनिँदैन । तर, समयमा बिउ पाए यो खेती पनि राम्रो हुने भन्दै अहिले बाराका किसान चैते धान खेतीमा आकर्षित भएका छन् ।

गहुँ भित्राएसँगै तराईमा बढी उत्पादन हुने चैते धान लगाउने गरिन्छ । समयमा बिउ नपाउँदा यो खेती गर्नबाट वञ्चित भएका बराको जीतपुरसिमरा उपमहानगरका किसान अहिले निःशुल्क बिउ पाएसँगै चैते धानको खेतीमा होमिएका छन् । वडा नम्बर ३ ले वडास्तरीय बजेटबाटै चैते धानको बिउ वितरण गरेपछि किसान दंग छन् ।

मुख्यतः चैते धानमा ७ वटा बाली लगाइन्छ । त्यसमध्ये वडाले हर्दिनाथ बिउको १ हजार ४ सय ७१ ग्राम बिउको ब्याड वितरण गरेको हो । यो खेती गरेको १ सय २० दिन पछि पाक्छ । त्यसैलाई मध्येनजर गर्दै वडा कार्यालयले किसानका लागि वडास्तरी योजनाबाटै मलखाद व्यवस्थापन गर्ने पनि योजना बनाएको छ ।

नेपालमा मुख्यतः वर्षेधान र चैते धान गरी दुई धान खेती हुने गर्दछ । तर, वर्षे धानखेती चैतेधानको तुलनामा व्यापक छ । तर, उत्पादकत्व चैते धानको बढी हुने गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *